मिति २०८०/०५/१८ र१९ बागलुङ नगरपालिकाको आयोजनामा आ व ०७९/८० मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा सम्पन्न भएको छ | उक्त कार्यक्रममा पालिका अन्तरगतका २२ वटा स्वास्थ्य संस्था र ३ ओटा सहयोगि संस्थाहरुको आ व ०७९/८० को स्वास्थ्य सूचकहरु, स्वास्थ्य संस्था तथा वडाबाट स्वास्थ्य क्षेत्रमा भएका नविनतम प्रयास र आगामी आ व को कार्ययोजना प्रस्तुतिकरण गरिएको थियो।सो कार्यक्रममा नगरपालिका का नि प्रमुख प्रशासकिय अधिकृत धन प्रसाद पोखरेल अध्यक्षतामा नगर प्रमुख बसन्त श्रेष्ठ, उप प्रमुख राजु खड्का लगायतका जनप्रतिनिधि, साखा प्रमुख, निजि अस्पताल र सहयोगि सस्थाहरुको उपस्थिति रहेको थियो ।समिक्षा कार्यक्रममा स्वास्थ्य कार्यालय बागलुङका कार्यालय प्रमुख श्री प्रविण शर्मा, स्वास्य शाखा प्रमुख राम प्रसाद खनाल र शाखाका स्वास्थ्यकर्मि, क्षयकुष्ठ निरिक्षक देव प्रकाश घिमिरे , पहेन सिमा कुवर, खोप सुपरभाईजर श्री राजु खत्री , मई कमला थापा, फेयरमेड फाउन्डेसन, वि वाई सि बागलुङका र मेडिक मोवाईल प्रतिनिधिहरुको समेत उपस्थितिमा स्वास्थ्य सूचक तथा स्वास्थ्य संस्था सुदृढीकरण बारेमा छलफल तथा पृष्ठपोषण भएको थियो| साथै उत्कृष्ठ कार्यसम्पादनगरि प्रथम स्थान हासिल गर्ने नारायणस्थान स्वास्थ्य चौकि दित्तिय स्थान हासिल गर्ने मालिका स्वास्थ्य चौकी , तिर्तिय स्थान हासिफ गर्ने अमलाचौर स्वास्थ्यचौकी लाइ सम्मानपत्र सहित सम्मान समेत गरियको थियो । हात्तिपाईले विरुद्धको आम औसधि वितरण कार्यमा उत्कृस्ठ कार्य गरेबापत नारायणस्थान स्वास्थ्य चौकिलाई नगर उपप्रमुख ज्युबाट पुर्ब घोसणा भएबमोजिम रु १०००० र सम्मानपत्र सहित सम्मान गरियो । कार्यक्रमको सन्चालन स्वास्थ्य शाखाका जन स्वास्थ्य निरिक्षक लक्ष्मण ढकाल गर्नु भएको थियो।