गर्भावस्था देखि सुत्केरी अवस्था सम्म सेवा निरन्तरता सम्बन्धी अभिमुखीकरण तथा EOC समिक्षा
स्वास्थ्य कार्यालय बागलुङको आयोजनामा मिति २०७९ चैत्र २७-२८ र २९-३० गते गरी २ ब्याचमा बागलुङमा गर्भावस्था देखि सुत्केरी अवस्था सम्म सेवा निरन्तरता सम्बन्धी अभिमुखीकरण तथा EOC समिक्षा समपन्न भएको छ।२ ब्याचमा जिल्लाका १० स्थानीय तहका स्वास्थ्य शाखामा कार्यरत MNH फोकल पर्सन र सम्बन्धित पालिका भित्रका प्रसुति केन्द्रमा कार्यरत ६९ जना सहभागीहरु उपस्थित रहेको कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यालय, बागलुङका कार्यालय प्रमुख ज. स्वा. अ. प्रविण शर्मा, प.हे.न.नि. सीमा कुँवर, बागलुङ नगरपालिकाका ज.स्वा.नि. लक्ष्मण ढकाल र धौलागिरी अस्पतालमा कार्यरत स्टाफ नर्स सुमित्रा ढकालले गर्नुभएको थियो। सहभागीहरुले मातृ तथा नवजात शिशु स्वास्थ्य सम्बन्धि प्रस्तुतीकरण मा आगामी दिनको कार्ययोजना पनि प्रस्तुत गर्नु भएको थियो।
Download: गर्भावस्था देखि सुत्केरी अवस्था सम्म सेवा निरन्तरता सम्बन्धी अभिमुखीकरण तथा EOC समिक्षा
60
